शुक्रवार, कार्तिक ७ गते २०८३

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

शनिवार , कार्तिक ६, २०७८

काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ।

उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो ।

उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार