बिहिवार, आश्विन १५ गते २०८३

कप्तान मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।​ ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।

मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगिता ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए। ३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार