बुधवार, आश्विन १४ गते २०८३

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै, कसले जित्ला आजको खेल?

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। यूएईमा जारी आईसीसी टी(२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ। जसमा चारवटै टिम दक्षिण एसियाका छन्। त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ।कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो।

ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो। सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ। सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

भारत र पाकिस्तान क्रिकेट मैदानमा उत्रँदा यसले धेरै अर्थ राख्छ। भारत र पाकिस्तानबीच लामो समयदेखि राजनैतिक तनाव रहँदै आएको छ। खेल क्षेत्रमा पनि यसको असर प्रष्ट देखिन्छ।

त्यसैले क्रिकेट मैदानमा पनि यिनीहरु लडाइ लडे जसरी उत्रने गर्छन्। जसको असर खेल क्षेत्रमासमेत देखिने गरेको छ। यस खेललाई जित र हात मात्र नभएर प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिन्छ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन्। टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए। दुवै खेल भारतले जितेको थियो। भारत  र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार