शुक्रवार, कार्तिक ७ गते २०८३

प्रदेश १ को प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग, यस्तो छ कारण

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। नेपाली कांग्रेस र एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेका छन्। तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्। बैठक रोक्नका लागि काङ्ग्रेसले लिखित निवेदन दिएको छ। काङ्ग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा गएकाले आजको बैठक सार्न माग गरेको बताएको छ।

त्यस्तै नेकपा एमालेले भने विभिन्न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित रुपमा आग्रह गरेको छ। मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार