सोमवार, श्रावण २५ गते २०८३

इटहरी पुगेर देउवाले भने, बाढी पहिरो पीडितका लागि विशेष प्याकेज ल्याउँछौं

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो र डुवान पिडितलाई सरकारकाले विशेष प्याकेज घोषणा गर्ने बताएका छन्। आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका हुन्। 

विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने उनको भनाई थियो। उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार