आइतवार, श्रावण २४ गते २०८३

मोरङबाट गाँजासहित २ जना पक्राउ

बिहिवार , श्रावण २१, २०८३

मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका १ नोचा बस्ने २७ वर्षीय सुमन कुमार शाह र अमर शाह रहेका छन् ।

नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा लुकाई राखेको तीनवटा पोकामा रहेको गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार