शुक्रवार, कार्तिक ७ गते २०८३

प्रधानन्यायाधीशले गरे गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन्।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाएका हुन्।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो। 

तर प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको भन्दै विरोध भएपछि आज भएको छलफलमा प्रधानन्यायाधिसले यस्तो प्रतिवद्धता जनाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार