बुधवार, आश्विन १४ गते २०८३

विमल एक वर्षपछि मैदान फर्कदै, मच्छिन्द्रमा अनुबन्धित

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर करिब एक वर्षपछि मैदानमा उत्रने भएका छन्। चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्।

उनि आइतबार साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ। कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलले दायाँ घुँडामा चोट बोकेका थिए।

उनलाई एन्फाले कतार फुटबल संघको समन्वयमा उपचार व्यवस्था गरेको थियो। उनी कतारस्थित एप्सटार अस्पतालमा उपचार गराएर ९ महिनामा पछि गत महिना स्वदेश फर्केका थिए। स्वदेश फर्किएलगतै विमल व्यक्तिगत प्रशिक्षणसँगै यु-२३ टिमसँग प्रशिक्षण गरेका थिए।

विमलले चोटबाट पुनरागमन गर्दा थप जिम्मेवार भएको भन्दै उनले अब पुन मैदानमा आफूलाई प्रमाणित गर्ने बताए। यसै महिनाको अन्त्यबाट सुरु हुने सहिद स्मारक ‘ए’  डिभिजन लिगका लागी क्लबहरू धमाधम खेलाडी अनुबन्ध गर्दै छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार