शुक्रवार, कार्तिक ७ गते २०८३

सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ, कसरी पुगे उनिहरु नेपाल ?

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ। बरामद भएको भारतको आधारकार्ड नक्कली भएको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए। उनीहरु रुपन्देहीको नेपाल-भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ।

काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो। पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ।

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन । ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आइतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो।

मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फको सीमा नाकालाई कडाआइतबार मात्रै यसबारे जानकारी पाएपछि गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार