शुक्रवार, कार्तिक ७ गते २०८३

फिदिम बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६३ घाइते

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। पाँचथरको फिदिममा भएको बस दुर्घटनामा परि घाएते भएका दुई जनाको मृत्यु भएको  छ। दुर्घटनामा परेर उपचारका लागि समर्पित अस्पताल ल्याइएका एक बालक र एक महिलाको निधन भएको पुष्टि भए पनि उनीहरूको पहिचान नखुलेको प्रहरीले बताएको छ।

पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्ये पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार