काठमाडौँ। सर्वोच्चका १३ न्यायाधिशहरुको छलफल सकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका गतिविधिप्रति असन्तुष्ट बनेका सर्वोच्च १३ न्यायाधीशहरूको बैठक सकिएको हो।
उनिहरुको बैठकले अहिले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गर्दै मंगलबार प्रधानन्याधिशलाई भेटी संयुक्त रुपमा धारणा राख्ने निर्णय गरेको छ।
मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने तय गरिएको छ। न्यायाधीशहरू छुट्टै छलफलमा जुटेपछि सोमबारका लागी सर्वोच्च अदालतका सबै इजलास प्रभावित भएका छन्। त्यस्तै प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बैठकपनि नहुने भएको छ।