शुक्रवार, कार्तिक ७ गते २०८३

प्रेमको नाटक गरी सामूहिक बलात्कार, भिडियो बनाई बल्याकमेल गर्ने ३ जना पक्राउ

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। महिलालाई विभिन्न प्रलोभन र प्रभावमा पारी माया प्रेम गरेको नाटक गरेर जंगलमा लगि सामूहिक बलात्कार गरेको आरोपमा घोराहीका तीन जना पक्राउ परेका छन्। त्यसरी किटानी जाहेरी दिने मध्य एक जना २५ बर्षीया बिबाहित महिला र अर्की २२ बर्षीया अबिबाहित युवती रहेकोप्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाँच जना युवाहरुले मिलेर सुरुमा महिलालाई आर्थिक साहयता गर्ने, मोटरसाईकलमा लिफ्ट दिने, अन्य हरेक कुराको साथ सहयोगको प्रलोभनमा पारेर माया प्रेम गरेको नाटक गरि जंगलमा पुर्‍याएपछि सामुहिक बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरुले सामूहिक बलात्कारको भिडियो बनाउने, सुनका गरगहना समेत लुटपाट गर्ने, कुरा कसैलाई भने ज्यान लिने धम्कि दिने गर्दै आएका थिए। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१० का २५ वर्षीय सुयोग योगी, २२ वर्षीय सुनिल पुन मगर, १९ वर्षीय दिनेश परियार रहेका छन्। प्रहरीका अनुसार अन्य दुई युवा भने फरार छन्।

योगी श्रीमतीसँग डिभोर्स भएका व्यक्ति हुन भने अन्य सबै अबिबाहित युवा रहेको प्रहरीले बताएको छ। पाँच जना युवाले आफूलाई जंगलमा लगेर सामूहिक बलात्कार गरेको भनेर एक जना महिलाले असारमा र अर्कीले असोज ३१ गते किटानी जाहेरी दिएपछि आरोपित मध्ये तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

एक जना तुलसीपुर बिजौरीकी र अर्की घोराहीकी महिलाले प्रहरीमा पाँच जना युवाका विरुद्ध प्रहरीमा पुगेर किटानी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

भिडियो देखाउँदै बल्याकमेलिङ गर्ने क्रम जारी रहेपछि आफूहरु बाध्य भएर जाहेरी दिन आएको पीडित महिलाले प्रहरी समक्ष बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार