शुक्रवार, कार्तिक ७ गते २०८३

फागुन २० देखि सांसदबाट विदा हुने राष्ट्रिय सभाका २० सांसद यी हुन् (सूचीसहित)

सोमवार , कार्तिक ८, २०७८

काठमाडौं। राष्ट्रिय सभाका २० सांसदको पदावधि आगामी फागुन २० देखी सकिँदै छ। संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ। तर राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो। जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो। नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसद राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन्।

एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल , कोमल वली , रामलखन चमार र कविता बोगटी छन्। यस्तै माओवादी केन्द्रका शशीकला दाहाल, खिमकुमार विक, दिनानाथ शर्मा, जीवन बुढा र रामनारायण विडारीको पदावधि सकिने छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर र खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल पनि सकिन लागेको हो। यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृघघनारायण पाण्डे र तारादेवी भट्टको पनि पदावधि सकिँदैछ।

दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए। उनीहरुको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए। अब राष्ट्रिय सभामा आउने २० सांसदको कार्यकाल ६ वर्षको हुनेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार