काठमाडौं। जारी युरोकपको फाईनमा आज ईटली र ईङ्ल्याण्ड भिड्ने भएका छन् । राती पौने १ बजे यि दुई टोली युरोकपको उपाधि उचाल्ने दाउमा मैदान उत्रने छन् ।
खेल वेम्बेली रंगशालामा हुने छ । युरोकपको जारी खेलको सेमीफाईनलमा ईटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेर फाईनलमा स्थान बनाएको हो भने ईङ्ल्याण्डले डेनमार्कलाई २–१ ले पराजित गर्दै इटलीसंग फाईनल तय गरेको हो ।