काठमाडौं। पछिल्लो समय विवादमा तानिएका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग लगाउने कुरा पनि उठेको छ। सार्वोच्चका न्यायाधिश तथा बारले समेत राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरीसकेका छन्।
तर प्रधानन्यायाधिश जवरा भने राजीनामा दिने पक्षमा छैनन्। उनले मंगलबार न्यायाधिशहरुसंगको छलफलमा आफु संवैधानिक रुपमा नियुक्त भएको भन्दै कसैले माग्दैमा राजीनामा नदिने बताएका थिए।
त्यसपपिछ भने उनलाई महाअभियोग लगाउने विषयमा पनि छलफल हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन्।
तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ। उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरूबीच द्वन्द्व चल्नु यो विडम्बनाको अवस्था भएको बताए।
उनले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरूसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएका र हटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेस गर्न तयार छु भनेको पनि उल्लेख गरे।