शनिवार, कार्तिक ८ गते २०८३

खुल्यो मलेसिया रोजगारी, यस्ता छन् व्यवस्था

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। लामो समयपछि मलेसिया रोजगारी खुलेको छ। नेपाली श्रमिकको प्रमुख गन्तव्य मानिएको मलेसियाको रोजगारीको बाटो खुला भएको हो। काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको छ। 

सिण्डिकेट प्रकरणका कारण २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द भएको थियो। बन्द भएको १० महिनापछि २०७५ चैतदेखि मलेसिया रोजगारी खुला गरिएको थियो। तर पनि म्यानपावर कम्पनीले कामदार पठाउन सकेका थिएनन्।

त्यसलगत्तै महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण मलेसिया रोजगारीको बाटो पुन: रोकिएको थियो। हाल मलेसियाले विदेशी कामदार लिने निर्णय गरेसँगै नेपालीका लागिसमेत बाटो खुला भएको हो। मलेसिया प्रवेशका लागि निश्चित मापदण्ड भने तोकिएको छ। मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्नेछ।


वैधानिक भिसा भई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका व्यक्ति मलेसिया जान पाउनेछन्। मलेसिया प्रवेशका लागि पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको छ। मलेसिया पुगेपछि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख गरिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार