शुक्रवार, कार्तिक ७ गते २०८३

बागमतीमा आज मुख्यमन्त्रीको टुङ्गो लाग्दै, कसले मार्ला बाजी?

बुधवार , कार्तिक १०, २०७८

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ। मुख्यमन्त्री बनेलगत्तै  एमालेपनि विभाजन भएपछि अल्पमतमा परेकी शाक्यले पेश गरेको विश्वासको मत सम्वन्धि प्रस्ताव गत कार्तिक ४ गते प्रदेशसभामा टेबुल भएको थियो।

बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक राखिएको छ। सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने र त्यसका लागि सबै तयारी गरिसकिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्। यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै उनी मुख्यमन्त्री बनेकी थिइन्।

उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकोले विश्वासको मत लिनुपर्ने थियो। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। मुख्यमन्त्री शाक्यका पक्षमा एमालेका ४३ जना प्रदेश सभा सदस्य मात्रै छन्।

बागमतीमा विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद छन्। विश्वासको मत पाउन ५५ जना सांसद आवश्यक पर्छ।

विपक्षी गठबन्धनमा ५९ जना सांसद छन्। प्रदेश सभामा रहेका विवेकशील साझाका ३ सांसद, नेमकिपा र राप्रपाका सांसदले कता मतदान गर्छन् खुलेको छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार