बुधवार, आश्विन १४ गते २०८३

बार्सिलोनाले पेनाल्टीमा गोल गर्न सकेन, रायो भालेकानोसँग पराजित,  प्रशिक्षक बर्खास्त!

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। स्पानिस ला लिगामा बार्सिलोना रायो भालेकानोसँग १–० ले पराजित भएको गयराती भएको खेलमा खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन्। भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए।

उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन। ७२औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन्।

उनको प्रहार भालेकानोका गोलकिपर स्टोल दिमीत्रेभ्स्कीले बचाएका थिए। जितपछि भालेकानोले ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। बार्सिलोना भने १० खेलबाट १५ अंकसहित नवौं स्थानमा छ।

 प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त!

रायो भालेकानोसँग १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ।बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए ।

क्लबले बिहीबार उनलाई औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ । क्वेक सेटिनलाई प्रतिस्थापन गर्दै कोम्यान सन् २०२० को अगस्टमा बार्सिलोनाको प्रशिक्षक नियुक्र भएका थिए ।

पहिलो सिजनमा उनले क्लबलाई कोपा डेल रेको उपाधि भने जिताएका थिए । अक्टोबर २४ मा भएको एल क्लासिकोमा रियल म्याड्रिडसँग २–१ को हारलगायतले पनि उनीमाथि क्लब छाड्न दबाब बनेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार