बुधवार, आश्विन १४ गते २०८३

नेपालले घरेलु टोली ताजिकिस्तानसँग खेल्दै

बिहिवार , कार्तिक ११, २०७८

काठमाडौं। एएफसी यू-२३ च्याम्पियनसिप छनौटमा नेपालले बिहिबार घरेलु टोली ताजिकिस्तानसँग खेल्दै छ।

समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग खेल्न लागेको हो। यसअघि पहिलो खेलमा नेपालले इरानसँग ४-० गोलको पराजय ब्यहोरेको थियो। ताजिकिस्तानले भने लेबनानलाई १-० गोलले हराएको थियो।

यो खेल नेपाली समयअनुसार अपरान्ह ४ बजे सुरु हुने छ। समूहको विजेता फाइनल चरणमा पुग्ने छ। यसैगरी ११ वटा समूहका सर्वोत्कृष्ट चारवटा उपविजेता टोली पनि फाइनल चरणमा पुग्नेछन्।

नेपालले समूहको आफ्नो तेस्रो तथा अन्तिम खेलमा आइतबार लेबनानसँग खेल्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार