बिहिवार, आश्विन १५ गते २०८३

प्रधानमन्त्री देउवा बेलायत भ्रमणका लागी प्रस्थान

शुक्रवार , कार्तिक १२, २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा वेलायत भ्रमणका लागी प्रस्थान गरेका छछन्। यही कात्तिक १५ र १६ अर्थात नोभेम्बर १ र २ मा हुने संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९ कोप-२६० को पक्षको २६ औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन्।

देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बिदाई अभिवादन गरे।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप-२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनले वर्ल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

कोप-२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ। प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार