शनिवार, कार्तिक ८ गते २०८३

राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन रुपन्देही जाँदै छन्। भण्डारी आज बिहान १० बजे रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले जानकारी दिए। 

लुम्बिनी क्षेत्रभित्र अवस्थित नेपाल मण्डलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन भण्डारी त्यसतर्फ जान लागेको ढकालले जानकारी दिए।  यस्तै भण्डारीले लुम्बिनी अन्र्तराष्ट्रिय विमान स्थलमा  राखिने बुद्ध मुर्तिको पनि अनावरण गर्नेछिन्। 

राष्ट्रपति बेलुका ४ बजेपछि काठमाडौँ फर्कने कार्यक्रम छ। हिजो मुक्तिनाथको दर्शन गरेर बाग्लुङ पुगेकी राष्ट्रपति भण्डारी भोलि मनाङ जाने कार्यक्रम तय भएको छ। उनले मनाङमा स्याउ खेतीको अवलोकन भ्रमण गर्नेछिन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार