सोमवार, श्रावण २५ गते २०८३

शिक्षकले गरे ३३ विद्यालय बन्द, यस्तो छ कारण

आइतवार , कार्तिक १४, २०७८

काठमाडौं। डोटीको एक पालिकाका विद्यालय अनिश्चितकालका लागी बन्द भएका छन्। डोटीको आदर्श गाउँपालिकाका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द भएका हुन्।

गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन्।

पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ।

जिल्लामा रहेका अन्य पालिकाले आफ्ना विद्यालयका शिक्षकसँगको सहमतिमा पारिश्रमिक बढाएको भएपनि उक्त गाँउपालिकाले बेवास्ता गरेको उनिहरुको गुनासो छ। 

सङ्घीय सरकारले निर्णय गरेबमोजिम स्थानीय सरकारका तर्फबाट प्रतिव्यक्ति रु सात हजार पारिश्रमिक बढाउनुपर्ने र माग पूरा नहुञ्जेलसम्मका लागि गाउँपालिकामा रहेका ३३ वटै विद्यालय बन्द गर्ने निर्णय गरी तालाबन्दी गरिएको गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष गणेश दाहालले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार