बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा आजपनि धर्ना 

बुधवार , कार्तिक १७, २०७८

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध  बुधबार पनि सर्वोच्चमा धर्ना दिइएको छ। सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर धनाई दिइएको छ। धर्नामा महिला कानुन व्यवसायी अघिल्लो पंक्तिमा रहेर विरोध गरेका हुन्।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानुन व्यवसायीले विरोधको अगुवाइ गरिरहेका छन्। हातमा कालो पट्टी बाँधेर विरोध गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो।

आइतबारदेखि सुरु भएको कालो पट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले तयारी गरेको जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार