काठमाडौं। पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीले देशको विकास गर्ने बताएका छन्। एमसीसीले देशको विकास हुने भएपनि एमसीसीबारे भारत र चीनले यसबारेमा भ्रम छरेको आरोप लगाए।
गोर्खामा स्थानियले राखेको जिज्ञासाबारे जवाफ दिँदै उनले यस्तो बताएका हुन्। भट्टराई जनता समाजवादी पार्टीको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखाका गाउँपालिका र नगरपालिकामा अभियान थालेका छन्।
यसमा भारत र चीन लागेको उनको आरोप थियो। एमसिसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो। उनले एमसीसीबारे शंका नगर्न आग्रह गरे।