काठमाडौँ। सर्वोच्च अदालतमा मंगलबारपनि र बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा मात्रै सुनुवाई भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वोय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलबार बन्दीप्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा सुनुवाइ गरेका हुन्।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित १६ जना न्यायाधीशलाई १० वटा इजलास तोकेका थिए। आफूलाई एकल इजलास र अन्य १६ जना न्यायाधीशलाई उनले ९ वटा संयुक्त इजलास तोकेका थिए। न्यायाधीशद्वय केसी र शर्मालाई एउटा बन्दीप्रत्यक्षीकरणसहित ३६ वटा मुद्दामा पेशी तोकिएको थियो। अन्य मुद्दा भने हेर्न नभ्याइनेमा राखिएको छ।