बुधवार, आश्विन १४ गते २०८३

विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

बुधवार , कार्तिक २४, २०७८

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदै छ। अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा  इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्।  खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु को उप-विजेताको हो। न्यूजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो। इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ। जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ।

न्यूजिल्याण्डले समेत ५ मध्ये ४ मा जित र १ मा हार ब्यहोरेको छ। त्यस्तै टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि  पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार