काठमाडौं। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराले शुक्रबारका लागी आफु बाहेक इजलास तोकेका छन्। उनको राजीनामा माग गर्दै अदालतको गेटमै धर्ना दिइएको छ।
तर नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा दिएको धर्ना छल्दै सर्वोच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका हुन्।
आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन्।
धर्नाका कारण बिहान १०:५० मा मात्रै सर्वोच्च छिरेका राणाले आफूलाई भने आज इजलास तोकेका छैनन्। प्रधानन्यायाधीश राणाले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्।