काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ।
नेपाल भलिबल संघले महिला टोलीको प्रशिक्षण आइतबारबाट सुरु हुने जनाएको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा अपरान्ह २ बजेबाट महिला टोलीको प्रशिक्षण सुरु हुनेछ।प्रशिक्षणका लागि संघले २० खेलाडीलाई बोलाएको छ।
एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले तयारी थाल्न लागेको हो। महिला टोलीले प्रशिक्षक जगदिश भट्ट र भरत यादवको नेतृत्वमा तयारी गर्नेछन्।
बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ। नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो।संघले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ।