बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधिशको समर्थन गर्दै बारको आन्दोलनको विरोधमा उत्रिएका ५० बढी पक्राउ

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। नेपाल बार एशोसिएशनको आन्दोलनको विरोधमा उत्रिएका करिब ५० जना पक्राउ परेका छन्। बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न उत्रिएका दुई समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो। बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए। सो क्रममा प्रहरीसँग केहीबेर झडप हुँदा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्।

यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन्। सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको आरोप लगाएका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार