बुधवार, आश्विन १४ गते २०८३

टी-२० विश्वकप : न्युजिल्याण्डले दियो अस्ट्रेलियालाई १ सय ७३ रनको लक्ष्य

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। टी-२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको हो।

विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र तीन छक्का प्रहार गरे। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए।

अस्ट्रेलियाका लागि हेजलवुडले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि मात्र २६ रन खर्चिदै १ विकेट लिए। दुवै टोली पहिलो टी-२० विश्वकप उपाधि जित्ने दाउमा रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार