बिहिवार, आश्विन १५ गते २०८३

न्यायाधिशहरुलाई प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न बारको पत्र 

आइतवार , कार्तिक २८, २०७८

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेका इजलासहरूमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशहरूलाई पत्र पठाएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै संघर्ष गरिरहेको नेपाल बारले विवादित प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न पत्रमार्फत आग्रह गरेको हो। 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू कात्तिक ९ गतेदेखि इजलास गएका छैनन्। उनीहरूले बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र हेरिरहेका छन्। नेपाल बारले पनि १४ कात्तिकदेखि हातमा कालोपट्टी बाँधेर हरेक दिन विरोध प्रदर्शन गरिरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार