काठमाडौं। आईसीसी टी-२० विश्वकपको नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। विश्वकपको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो।
टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ रनको चुनौती दिएको थियो। सो चुनौती अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
उसका लागि मिचेल मार्शले नटआउट ७७ रन जोडे। उनले ५० बलको सामना गर्दै ४ छक्का र ६ चौका हिर्काए। त्यस्तै ओपनर डेभिड वार्नरले ५३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान गरे।
न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए। यसअघि ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो।