बुधवार, आश्विन १४ गते २०८३

नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्दै

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। नेपाली राष्ट्रिय महिला टिमले आइसिसी वुमन्स टी २० एसिया छनोटको तयारीस्वरुप कतारसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपालले कतारसँग तीन खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ।

कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी-२० एसिया छनोटमा सहभागि हुँदै शिर्ष स्थानमा रहने हुने छ। नेपाल,  भुटान,  हङकङ,  कुवेत,  मलेसिया र युएई गरि ६ राष्ट्रले छनोटमा सहभागिता जनाउने छन्।

शिर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउने छ। खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ मा सुरु हुने छ। राष्ट्रिय महिला टिमले २३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० पोखरामा प्रतिस्पर्धा गरेको थियो। त्यसयता नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको छैन्।

नेपाली खेलकुद लामो समय सम्म कोरोना महामारीको चपेटामा पर्‍यो भने नेपाल क्रिकेट संघ (क्यान) ले समेत महिला टिमको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तय गर्न सकेन्। जसका कारण महिला टीम लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन बन्यो। पछिल्लो समय दुई घरेलु प्रतियोगिता खेलको नेपाली टिमले ३ खेल कतारसँग खेल्ने कार्यतालिका रहेको छ।

त्यसपछि नेपाली टोली ३ मंसिरमा युएईतर्फ लाग्ने कार्यक्रम छ। जहाँ नेपालले आइसिसी वुमन्स टी-२० एसिया छनोटका खेल खेल्ने छ। पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ। त्यस्तै १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको छ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी(२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार