शनिवार, कार्तिक ८ गते २०८३

विमानस्थलमा महिलाहरुलाई यसरी गरिएको थियो निर्वस्त्र जाँच, महिलाहरुले हाले मुद्धा

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। विमास्थलमा निस्वस्त्र बनाएर जाँच गरिएको भन्दै त्यसरी जाँचमा परेका महिलाहरुले कतारमाथी मुद्धा दायर गर्ने भएका छन्। कतारस्थित दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाई महिलाहरुको जाँच गरिएको थियो। यस्तो जाँच भने सुत्केरी हो कि भनी परीक्षण गर्न गरिएको थियो। 

सन् २०२० को अक्टोबरमा हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई एउटा उडानबाट ओरालेर उनीहरूले हालसालै बच्चा जन्माएको छ कि भनी परीक्षण गरिएको थियो। उनीहरूलाई सशस्त्र सुरक्षाकर्मीले कतार एअरवेजको विमानबाट ओरालेर एम्बुलेन्समा हालेका थिए। एम्बुलेन्समा नर्सहरूले उनीहरूलाई वस्त्र फुकाल्न लगाएर निरीक्षण गरेका थिए।

महिलाहरूले आफूहरूले त्यसो गर्न स्वीकृति नदिएको र किन त्यसो गरिँदै छ भनेर आफूलाई नभनिएको बताएका छन्। नाम नबताउने एक महिलाले आफूमाथि सबैभन्दा भयानक शारीरिक परीक्षण गरिएको बताएको बीबीसीले उल्ल्ेख गरेको छ।
उनले बन्दुक बोकेका धेरै पुरुषमध्ये कुनैले आफुहरुलाई मार्छन् जस्तो लागेको कुरा आफ्नो वकिलमार्फत दिएको विज्ञप्तिमा बताएको पनि समाचारमा भनिएको छ।

पाँच मिनेट जतिको परीक्षणपछि ती महिलाहरूलाई पुन: विमानमा चढाइएको थियो। अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए।

उनीहरूले आफुहरुप्रति गरिएको व्यवहारलाई राज्य स्वीकृत आक्रमण भनेका थिए। महिलाहरलाई निस्वस्त्र जाँच गरिएपछि घटनाको सर्वत्र विरोध भएको थियो। कतारले पछि माफी माग्दै विमानस्थलका एक अधिकारीलाई निलम्बितसंगै जेल सजाय दिएको थियो।

तर ती महिलाहरूले त्यसपछि त्यो घटनालाई बेवास्ता गरिएको बताएका छन्। त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानीले ट्वीट गर्दै माफ मागेका थिए। 

तर तीमध्ये सात महिलाका वकिल डामियन स्टुर्जाकरले बीबीसीलाई उनीहरूले कतारी अधिकारीसँग कुरा गर्न खोज्दा कुनै जवाफ नपाएको बताएका छन्। ती महिलाहरूले कतारबाट औपचारिक माफीका साथै त्यस्तो घटना फेरि नहोस् भन्नका लागि विमानस्थलको नियममा परिवर्तन चाहेको उनले बताए।

ती महिलाहरूले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एअरवेजसँग आक्रमण, अनधिकृत घुसपैठ र झूटो जेल सजायको क्षतिपूर्ति समेत मागेको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार