काठमाडौं। सर्वोच्च अदालतका चार जना न्यायाधीश मंगलबारबाट नियमित इजलासमा फर्किएका छन्। न्यायाधीशहरु बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी नियमित इजलासमा फर्किएका हुन्। मंगलबार यी ४ न्यायाधिशको संयुक्त इजलासमा वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो।
अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए। सो समयमा बन्दी प्रत्यक्षीकरणका मुद्धामा मात्रै सुनुवाई हुँदै आएको थियो।