काठमाडौं। सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बैठक बस्दै छ । उनिहरुले बैठक बसी फुलकोर्ट राख्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने भएका छन्। असन्तुष्ट न्यायाधीशहरुले बैठकमा बसी सर्वोच्चको पूर्ण बैठकका लागि प्रधानन्यायाधीशलाई आह्वान गर्ने तर प्रधानन्यायाधशिले त्यसो नगरे प्रशासनलाई लिएर अगाडी बढ्ने निर्णय गरेको समाचारमा जनाइएको छ।
न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एशोसिएसन,सर्वोच्च अदालत बार एशोसिएसन लगायत आन्दोलनरत छन्। तर तीन साता लामो आन्दोलनमा पनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ्याइएको भन्दै फुलकोर्ट बैठकबाट नियमावली संशोधन गरी इजलासमा बस्ने न्यायाधीशहरुको तयारी छ।
सोमबार मात्रै असन्तुष्ट समूहमा रहेका पाँच न्यायाधीशले सर्वोच्चको पूर्ण बैठक बाहेक अन्य विषयमा छलफलका लागि अन्य न्यायाधीश वा बार एशोसिएसन लगायतका टोलीसँग छलफलमा नबस्ने घोषणा गरेका थिए। त्यसपछि बाँकी रहेका बहुमत न्यायाधीशहरुले गोलाप्रथाका माध्यमबाट पेसी व्यवस्थापन गरी नियमित इजलासमा बस्ने तयारी गरेका हुन्।