काठमाडौं। सर्वोच्च अदालत परिसरमा धर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ। झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानुन व्यवसायी घाइते भएका छन्। घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडप भएको हो। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराको राजीनामा मागी बार लामो समयदेखी ओन्दोलनरत छ।