बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिग आजदेखि सुरु हुँदै, यस्तो छ टिकट मुल्य

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं।  ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ आजदेखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्।

अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउँदैछ। यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४: ४५ बजे सुरु हुनेछ।

पाँच दशकको इतिहास बोकेको फ्रेण्ड्स र पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो दुवै टिम लिगमा सुखद सुरुआत गर्ने लक्ष्यमा छन्। दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ। भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ।

लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ।साविक विजेता मछिन्द्र पुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब उपाधिको मूख्य दाबेदारको रुपमा देखिएका छन्।

मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ। यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ। अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ।

नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार