काठमाडौं। कानुन व्यवसायीहरुको आन्दोलनमा आजपनि प्रहरी र वकिलहरुबीच हात हालाहाल भएको छ। सर्वोच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको हो। धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायत सामान्य घाइते भएको समाचारमा बताइएको छ।
कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो। एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन्।
आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन्।
आज उपत्यकाका सबै बार एकाइका कानुन व्यवसायीहरू एकै ठाँउमा भेला भएर प्रधानन्यायाधिश विरुद्ध आन्दोलनमा उत्रिएका छन्।