बिहिवार, आश्विन १५ गते २०८३

मोदीले भने – ‘विवादास्पद कृषि कानून रद्द गर्छौ’

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादास्पद तीनैवटा कानून फिर्ता लिने घोषणा गरेका छन्।

प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती कानूनहरु फिर्ता लिने घोषणा गरेका हुन्। कृषि कानून आफूहरुको हितविपरीत भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएका थिए। यो कानून फिर्ता लिने विषयमा भारत सरकार टसमस भएको थिएन। तर मोदीले उत्तर प्रदेश र पन्जाबमा विधानसभा चुनावभन्दा अगाडि तीनैवटा कानून फिर्ता लिने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ।

देशवासीलाई सम्बोधन गर्दै मोदीले भने, ‘आज म तपाईंलाई, पूरै देशलाई यो कुरा भन्न आएको छु कि हामीले तीनैवटा कृषि कानून फिर्ता लिने निर्णय लिएका छौं। यसै महिनाको अन्त्यमा शुरु हुने संसद सत्रमा हामीले यी तीनैवटा कृषि कानून रद्द गर्ने संवैधानिक प्रक्रिया पूरा गर्नेछौं।’

मोदीले आफूहरुले किसानकै हितका लागि र असल नियतका साथ कृषि कानून ल्याए पनि केही किसानहरुलाई सम्झाउन नसकेको बताएका छन्।कृषि कानून फिर्ता लिने मोदीको घोषणाप्रति प्रतिक्रिया सार्वजनिक गर्दै किसान आन्दोलनका नेता राकेश टिकैतले आन्दोलन तत्काल फिर्ता नहुने बताएका छन्। उनले कृषि कानून रद्द गर्ने संसदीय प्रक्रिया पूरा नहुन्जेलसम्म जारी रहने उनले बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार