शुक्रवार, आश्विन १६ गते २०८३

त्रिभुवन विमानस्थलबाट २ किलो सुन बरामद, सुन ल्याउन यस्तो तरिका 

शुक्रवार , मंसिर ३, २०७८

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ। शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद गरेको प्रहरीले जनाएको छ। 

विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार उनिहरुले सुन ल्याउन भने नयाँ तरिका अपनाएका छन्। उनका अनुसार सुनलाई तरल बनाएर ल्याएको छ।

सो तरललाई परीक्षणको लागि पठाउने तयारी गरिरहेको उनले बताए। उनिहरुले सुन कट्टुमा लुकाएर ल्याएको जनाइएको छ। पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् । 

दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो। दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार