काठमाडौं। काठमाडौं भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका राजनितिक व्यक्तिहरुसंग भेटघाट तिव्र पारेका छन्। उनले मुख्य प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शुक्रबार आज शिष्टाचार भेट गरे।
भेटमा अमेरिकी सहायकमन्त्री लूले एमसीसी सम्झौताबारे सोधेको पार्टीगत धारणामा ओलीले सरकारले एमसीसीबारे एमालेसंग छलफल नै नगरेको बताएका छन्। ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको पुरानै जवाफ फर्काएका हुन्।
यसअघी फतिमा सुमारजीलाई पनि ओलीले सोही जवाफ दिएका थिए। नेपालमा क्लिन इनर्जीको सम्भावना रहेको चर्चा गर्दै अमेरिकी सहायकमन्त्री लूले जलवायु संकटविरुद्ध अमेरिकाले मिलेर नेपालसँग लड्न चाहेको बताएका थिए। कोभिड-१९ महामारी र स्वास्थ्य क्षेत्रको विकासमा पनि अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।