बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिगमा आज दुई खेल: को को भिड्दै छन् ?

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन्।

शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुवै टिम जित निकाल्दै सिजनको सुखद् सुरुवात गर्ने योजनामा छन्। हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रँदा संकटाको कप्तानी रबि सिलवालले सम्हाल्ने छन्।

आजै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच भिडन्त हुनेछ। थ्री स्टार विक्रम लामाको कप्तानीमा मैदान उत्रिँदा च्यासलको कप्तानी बिराज महर्जनले सम्हाल्ने छन्। पहिलो खेल भएकाले दुबै टिम जितको खोजीमा हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार नवप्रवेशी सात दोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार