बिहिवार, आश्विन १५ गते २०८३

प्रधानन्यायाधीशले आइतबारका लागी आफुबाहेक तोके ११ इजलास 

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन्। जबराले आइतबारका लागि आफुबाहेक गरी १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन्।

उक्त ११ इजलासमा आइतबार कुल ३३४ वटा मुद्दा पेसीमा चढाइएको छ। आइतबारको इजलासमा आफूलाई भने राखेका छैनन्। बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन। जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन्। 

करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेलीका लागि आएका निवेदन, मिलापत्र आदिका निवेदन लगायतका प्रतक्ष सरोकारका विषयमा सुनुवाई सुरु गरेका थिए। तर उनीहरुले अन्य मुद्दा नहेर्ने र प्रधानन्यायाधीशसँग इजलासमा पनि नबस्ने घोषणा गरेका थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार