बिहिवार, आश्विन १५ गते २०८३

आन्दोलनरत कानून व्यवसायीहरुले किन मागे गृहमन्त्रीको पनि राजीनामा ?

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा मागी आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन्। आइतबार पनि प्रधानन्यायाधिशको विरुद्धमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले  गृहमन्त्रीको समेत राजीनामा मागेका हुन्।

उनिहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा गृहमन्त्रीको राजीनामा मागेका बताए। आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन्।

२ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए। त्यसपछि सर्वोच्चमा एसएलआरसहित प्रहरी परिचालन गरिएको छ। त्यसमा कानुन व्यवसायीले आपत्ति जनाउँदै आएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार