काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।
प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।