काठमाडौं। आइसीसी टी-२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङलाई १ सय ५ रनको लक्ष्य दिएको छ।
दुबईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो। छनोटको दोस्रो खेलमा नेपालले भोलि मंगलबार भुटान, बिहीबार कुवेत र शुक्रबार मलेसियासँग खेल्ने छ।