मंगलवार, आश्विन १३ गते २०८३

घनश्याम भुषालले दिने भए एमालेको यो पदका लागी उम्मेदवारी

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन्। भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन्। 

त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ। उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ। 

ती नेताका अनुसार भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार