काठमाडौं। प्रधानन्यायाधिशको राजीनामा मागी आन्दोलनरत बार एसोसिएसनले महाअभियोगको प्रस्ताव ल्याउन माग राखी सभामुख अग्नी सापकोटालाई ज्ञापनपत्र बुझाएको छ। न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले सभामुखलाई बुझाएको ज्ञापनपत्रमा प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गरिएको छ।
वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ।