बुधवार, आश्विन १४ गते २०८३

महिला टी-२० विश्वकप छनोटमा नेपालको पहिलो जित

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ। युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।

भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन  र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन्। कविता जोशीले ८ रन बनाइन्। यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो।

पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ। भुटानको पनि २ खेलमा २ अंक नै छ।  भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो। छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ। ६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार